२४ घण्टामा १ हजार २ सय ३९ सङ्क्रमित थपिए, १ हजार ३ सय २४ जना निको

काठमाडौं, ७ असोज ।  पछिल्लो २४ घण्टामा एक हजार दुई सय ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १५ हजार दुई सय ४३ नमुना परीक्षण गर्दा आठ दशमलव १२ अर्थात् एक हजार दुई सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

आज थपिएकासँगै नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ लाख ७८ हजार सात सय ७६ पुगेको छ ।

यस्तै थप एक हजार तीन सय २४ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ५६ हजार नौ सय ५४ पुगेको छ ।

यही अवधिमा थप १३ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ७२ पुगेको छ ।

अहिले नेपालमा २० हजार सात सय ४३ जना सक्रिय सङ्क्रमित रहेकामा तीन सय ४० जनाको आईसीयू र एक सय ११ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै २४ घण्टामा थप एक लाख ३८ हजार तीन सय ८५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ५८ लाख ६० हजार नौ सय जनाले पूर्ण मात्रा र ६२ लाख ९३ हजार जनाले पहिलो मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board