चीन , २२ असोज । दक्षिणी चीन सागरमापरमाणु ऊर्जाबाट चल्ने अमेरिकी पनडुब्बी पानीमुनिको ‘अज्ञात वस्तु’सँग ठोक्किएको छ ।
ठोक्किएको पनडुब्बीमा भौतिक क्षति पुगेको छ । यस दुर्घटनामा कसैको मृत्यु नभएपनि १५ अमेरिकी ‘नौसेना’ घाइते भएका छन् । दक्षिण चीन सागरमा यूएसएस कनेक्टिकट नामको पनडुब्बी ‘अज्ञात चिज’सँग ठोक्किएको अमेरिकी अधिकारीले अनतराष्ट्रिय सञ्चार माध्यमलाई जानकारी दिएका छन् । पनडुब्बी ठोक्किएकाचिज के हो भन्ने कुरा चाहिँ अहिलेसम्म स्पष्ट भएको छैन।
COMMENTS