एक अर्ब लगानीमा प्रसूति अस्पताल निर्माण हुँदै

काठमाडौँ, ७ कात्तिक । चन्द्रागिरि नगरपालिकामा रु एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ ।

जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो । अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ । उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ । सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख छ ।

नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए । अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुने नगरप्रमुख गिरीले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board