ओमीक्रोनको डरले श्रीमती र छोराछोरीको हत्या


काठमाडौं, ३ पुस । कोभिड–१९ को नयाँ भेरियन्ट ओमीक्रोनको डरका कारण भारतका एक डाक्टरले आफ्ना परिवारको हत्या गरी आफूले आत्महत्या गरेका छन् । भारत उत्तर प्रदेशको कानपुर निवासी डा।सुशिल सिंहको शव आज फेला परेको छ । भारतीय मिडियामा आएका खबर अनुसार ती डाक्टरले डिसेम्बर ३ मा आफ्ना २ बच्चा र श्रीमतीको हत्या गरेका थिए ।बच्चा र श्रीमतीको हत्या गरी फरार भएका डा।सुशिलको शव आज कानपुरको जाजमऊस्थित सिद्धनाथ घाटमा फेला परेको हो ।

उनले परिवारको हत्या गरी आफूले आत्महत्या गरेको आशंका गरिएको छ । डा।सुशिलको परिवार इन्दिरा नगरको डिवनिटी अपार्टमेन्टमा बस्दै आएको थियो। परिवारको हत्या गरेपछि उनले आफ्ना भाइलाई म्यासेज गरी आफूले घटना घटाएकाले प्रहरी बोलाउन भनेका थिए । उनका भाइ घटनास्थलमा पुग्दा डा।सुशिल फरार भइसकेका थिए । उनले टाउकोमा गह्रौ वस्तुले प्रहार गरी हत्या गरेको पाइएको थियो ।

त्यसपछि प्रहरीले ती डाक्टरको व्यापक खोजी गरेको थियो । उनको फोनको अन्तिम लोकेशन अटल घाट गंगा बैराजमा देखिएको थियो । त्तयसपछि कतै कुनै लोकेशन फेला परेको थिएन ।

घटनास्थलबाट प्रहरीले उनले लेखेको डायरी फेला पारेको थियो ।

के थियो डाइरीमा ?

अब अरु कोभिड हैन ओमीक्रोन आएको छ । यो ओमीक्रोनले सबैलाई मार्नेछ । शवहरुको गन्ती गरिसाध्य हुने छैन। म करियरका कारण यसमा फसिसकेको छु । अब यहाँबाट निस्कन सम्झव छैन । मेरो कुनै भविष्य छैन । मैले जानी–जानी मेरो परिवारलाई सिध्याएर आफैँलाई पनि सिध्याउँदै छु । यसमा कसैको दोष छैन ।

घटनापछि प्रहरीको विभिन्न ५ टिम लागेर डा।सुशिलको खोजी गरिरहेको थियो । आज नदीमा डुबेको अवस्थामा उनको शव फेला परेको हो । उनले नदीमा हामफालेर आत्महत्या गरेको आंशका गरिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board