कोरोना सङ्क्रमण विरुद्ध खोप ९६ प्रतिशतले लगाए

वाग्मती, ९ फागुन । बागमती प्रदेशमा कोरोना सङ्क्रमणविरुद्धको खोप दिइने अभियानअन्तर्गत हालसम्म प्रदेशभरिमा ९६ प्रतिशत नागरिकले पहिलो मात्राको खोप लगाइसकेका छन् । प्रदेशका १२ देखि १७ वर्षका ४८ प्रतिशत बालबालिकाले कोरोना सङ्क्रमणविरुद्धको खोप लगाइसकेको र यो क्रम जारी रहेको मन्त्रालयबाट जानकारी पाइएको छ ।

हेटाैँडाबाट खोप अभियान सुरु भएको पहिलो मात्राको खोप प्रदेशभरिमा ४८ प्रतिशत बालबालिकालाई दिइएको छ । खोप अभियान तीव्ररुपमा सञ्चालन गरिएको र समुदायमा नै पुगेर खोप अभियान सञ्चालन गरिएकाले खोप लगाउनेको सङ्ख्यामा वृद्धि भएको प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले बताए । विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारी रोगले मानवीय क्षतिमात्र नभई अर्थतन्त्रमासमेत क्षति पुर्‍याएको बताउँदै मन्त्री लामाले प्रदेश सरकार स्वास्थ्य क्षेत्रमा सुधार गर्न लागिपरेको बताए । मन्त्री लामाले मकवानपुरको दुर्गम तथा पिछडिएका क्षेत्रमा समेत आफैँ पुगेर कोरोना सङ्क्रमणविरुद्धको खोप अभियानअन्तर्गत शिविर सञ्चालन गरेका थिए । यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार मकवानपुरमा ९० प्रतिशत नागरिकले कोरोना सङ्क्रमण विरुद्धको खोप लगाएको छ । साथै कोरोना विरुद्धको खोप लगाउने र स्वाब सङ्कलन कार्य जिल्लामा जारी रहेको बताइएको छ । जिल्लामा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या हालसम्म १७ हजार ९११ जना रहेको र हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्य हुनेको सङ्ख्या १७१ जना रहेको सो कार्यालयले जनाएको छ । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दिनप्रति घट्दै गएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board