थप ३ सय ८८ जनामा कोरोना पुष्टि, ८ लाख ७३ हजारभन्दा धेरैले खोप लगाए

काठमाडौं, ९ फागुन । पछिल्लो २४ घण्टामा तीन सय ८८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी आठ हजार एक सय ४० जनाको नमुना परीक्षण गर्दा तीन सय ८८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार दुई सय पाँच जना निको भएका छन् । योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ५२ हजार पाँच सय ९९ जना पुगेको छ । यही अवधिमा थप चार जना कोरोना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नौ सय २५ जना पुगेको छ ।

अहिले नेपालमा ११ हजार दुई सय ८२ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित रहेका छन् । यसैबीच थप आठ लाख ७३ हजार चार सय २८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । योसहित नेपालमा तीन करोड ७७ लाख ५५ हजार चार सय २७ मात्रा खोप प्रयोग भएको छ । अहिलेसम्म १८ वर्षमाथिका कुल जनसङ्ख्याको ९० दशमलव आठ प्रतिशत र १२ देखि १७ वर्ष उमेर समूहको ८८ प्रतिशतले कम्तीमा एक मात्रा खोप लगाइसकेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board