मुगुमा कांग्रेसबाट मेयरमा १२, उपमेयरमा ५ जनाको नाम सिफारिस

  • खड्क सुनार

मुगु । नेपाली कांग्रेस जिल्ला कार्यसमिति मुगुले छायाँनाथ रारा नगरपालिकाको मेयर पदका लागि १२ जना र उपमेयरमा ५ जनाको नाम पार्टीको कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गरेको छ ।

शुक्रबार कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस गरि निर्णाथको लागि कांग्रेस प्रदेश कार्य समिति सुर्खेतलाई सिफारिस गरिएको कांग्रेस प्रवक्ता प्रकाशकुमार शाहीले बताए ।

उक्त मेयर पदका लागि हरिजंग शाही, जयबहादुर हितान, सूर्यदेवि मल्ल, खगेन्द्रबहादुर मल्ल, पदमबहादुर रावल ऐनबहादुर हमाल, कृष्णबहादुर सेजुवाल, लोकेन्द्रबहादुर मल्ल, भुपेन्द्रबहादुर मल्ल, सिंहबहादुर मल्ल, विष्णु कुमार भाम र पशुपति शाहीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै उपमेयरमा कांग्रेसले रामदेवि खड्का, ऐश्वर्य मल्ल, इश्वरदेबि रावल, खम्मेनी कामी र जसा नेपालीलाई सिफारिस गरेको हो ।

कांग्रेस जिल्ला कार्य समितिले मेयर उपमेयरका लागि एक एक जनाको नाम सिफारिस गर्न नसक्ने अवस्था आएपछि निर्णाथ प्रदेश कार्य समितिमा पठाउनु पर्ने वाध्यत्मक परिस्थिति उत्पन्न भएको प्रवक्ता शाहीको भनाइ छ ।

स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन गर्ने समय दुई दिन मात्र बाँकी रहँदा कांग्रेसलाई तीन गाउँपालिका र एक नगरपालिकाको उम्मेदवारी टुंगो लगाउन हम्मे हम्मे परेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board