बलेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बलेन शाहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । आइतबार उम्मेदवार मनोनयनअघि शाहले २८ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

शाहले आफ्नो प्रतिबद्धता पत्रमा काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गर्ने प्राविधिक शिक्षामा जोड दिने बताएका छन् । त्यस्तै, निजी विद्यालय मासिक शुल्कबमोजिम गुणस्तरीय शिक्षा छ वा छैन अडिट गरिने उल्लेख गरेका छन् ।

उनले सबै सरकारी कार्यालयमा सिसिटिभी जडान गर्ने, सरकारी कार्यालयमा बिहानी सिफ्ट सञ्चालन गर्ने, सरकारी कार्यालयहरुमा प्रभावकारी डेस्क स्थापना गर्ने जस्ता कामहरु अगाडि सारेका छन् ।

स्वास्थ्य क्षेत्रमा शाहले प्रत्येक वडामा योग्य चिकित्सक, नर्सिङ प्रोफेसनल, फार्मासिस्ट र नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याबसहितको स्वास्थ्य क्लिनिक सुरुवात गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको स्वामित्वमा पूर्ण सुविधायुक्त एम्बुलेन्स सेवाहरु सुचारु गरिने र ७० वर्ष माथिका वृद्धवृद्धाको निःशुल्क स्वास्थ्य परीक्षण घरघरमै गरिने योजना उनले अघि सारेका छन् ।

त्यस्तै, शाहले सांस्कृतिक महत्वका सम्पदा क्षेत्रका लागि उपभोक्ता समितिमार्फत् निर्माण तथा पुनर्निर्माण कार्य गरिने बताएका छन् ।

प्रतिबद्धता पत्रका पूर्णपाठ

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board