पोखराको उमपेयरमा एमालेबाट टिकट पाएकी मञ्जु भन्छिन्– चुनाव लड्ने मन छैन

पोखरा । नेकपा (एमाले)ले पोखराको उपमेयरमा हालकै उपमेयर मञ्जुदेवी गुरुङलाई टिकट दिएको छ । पार्टी राजनीतिमा उनीभन्दा तल्लो पदका दीपक पौडेललाई मेयर बनाएर मन्जुलाई उपमेयरमा ल्याएको हो ।

मन्जु अहिले केन्द्रीय सदस्य हुन् भने दीपक प्रदेश सचिवालय सदस्य । त्यसो त, मञ्जुले आफू यसपालि चुनावै नलड्ने बताएकी थिइन् । त्यसैले पार्टीको आन्तरिक मनोनयनमा समेत उनले इच्छा देखाइनन् र बाहिरै बसिन् । चुनाव लड्ने चाहना नभए पनि मञ्जुलाई एमालेले टिकट दिएको छ । तर, उनी सन्तुष्ट छैनन् ।

‘चाहाना राख्नुभएको छैन । नलड्ने नै भन्नुभएको छ,’ उनका स्वकीय सचिवसमेत रहेका एकराज गिरीले भने, ‘पार्टीपंक्तिसँग सल्लाह भइरहेको छ । बैठकमै व्यस्त हुनुहुन्छ ।’ गुरुङले कसैको पनि फोन उठाएकी छैनन् ।

त्यसो त पार्टीमा आफूभन्दा तल्लो कमिटीको व्यक्तिलाई उपल्लो पद दिएपछि उनी सन्तुष्ट छैनन् । पोखराका एमाले नेता कार्यकर्ताले समेत गुरुङलाई उपमेयर र पौडेललाई मेयर दिनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत भनेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board