कास्की कांग्रेसका नेताहरू चार घन्टादेखि कार्यकर्ताको थुनामा

पोखरा । नेपाली कांग्रेस कास्कीका नेताहरूलाई कार्यकर्ताले कार्यालयभित्रै थुनिदिएका छन् । गठबन्धनमा भागठबण्डा राम्रो नभएको भन्दै उनीहरूले नेता थुनिदिएका हुन् । जिल्ला कार्यसम्पादन समितिको बैठक बसिरहेको बेला बैठकस्थलमै उनीहरू थुनिएका हुन् ।

पोखराको लेकसाइडस्थित एक होटेलमा गठबन्धन बैठक बसिरहेको र उक्त बैठकबाट कांग्रेस नेतालाई बोलाएर कार्यालयमा थुनेका हुन् । गठबन्धनका कारण जित्ने वडामा पनि हार्ने अवस्था आएको उनीहरूको आरोप छ । वडा नम्बर १८ का सभापति शिव तिमिल्सीनाको संयोजकत्वमा ताला लगाइएको हो ।

ताला अझै खोलिएको छैन । निर्णय फिर्ता नलिँदासम्म ताला नखोल्ने उनीहरूले बताएका छन् । असन्तुष्टहरूले पार्टी कार्यालयमा नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board