सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिकाको उपमेयर गुमाएको माओवादी केन्द्रले सिन्धुलीको एक अर्को पालिकमा फेरी उपाध्यक्ष पद गुमाउने अबस्थामा पुगेको छ ।
माओवादी केन्द्र र नेपाली कांग्रेसको दुई दलिय गठबन्धन अन्र्तगत ध्याङलेख गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार शंकरमान घलानको विरुद्ध पालिकाको पेश्की रकम फरस्र्यौट नगरेको भन्दै जुरी दर्ताभएसँगै उनको उम्मेदवारी धरापमा परेको हो ।
करोडौं बेरुजु रकम फरस्यौंट नगरेकाले गठबन्धन तर्फका उम्मेदवार बनेका घलानको उम्मेदवारी रद्ध गरिपाउँ भन्दै एमालेकी तर्फबाट उपाध्यक्ष पदकी उम्मेदवार प्रमिला वाइवाले उजुरी दर्ता गराउनुभएको थियो ।
गठबन्धनका उम्मेदवार घलानले ९० लाख रुपैयाँ पेश्की फरस्र्यौट गर्न बाँकी देखिएको ध्याङलेख गाउँपालिकाले उनलाई पटक पटक सो रकम बुझाउन ताकेता गरेको देखिएको छ ।
दक्षिणकाली सामुदायिक विद्युत विस्तार उपभोक्ता समितिको अध्यक्ष रहेका गठबन्धनका उम्मेदवारको बेरुजु प्रकरणबाट ध्याङलेख गाउँपालिकामा पनि एमाओवादी पत्तासाफ हुने भएको छ ।
पार्टीभित्र लोकप्रिय र जनाधार भएका व्यक्तिलाई नबनाई जिल्ला नेतृत्वले पैसावाल व्यक्तिलाई उम्मेदवार बनाएपछि कार्यकर्ताहरुले जिल्ला नेतृत्वको आलोचना गर्दै पार्टी छोड्ने चेतावनी दिएका थिए भने केही छाडेका थिए ।
COMMENTS