काठमाडौं, १४ वैशाख । नेपाल राष्ट्र बैंक कर्मचारी संघका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले राष्ट्र बैंकबाट गोप्य सूचनाहरु चुहाएको आरोप लगाएका छन् ।
राष्ट्र बैंकको वाषिर्कोत्सव समारोहमा बोल्दै उनले राष्ट्र बैंकबाट अति गोप्य सूचना पत्रकारलाई दिइएको भन्दै आक्रोश व्यक्त गरे । बन्द भएपछि राष्ट्र बैंक, बैंक र व्यापारिक घरानाको मिलेमतोमा एलसी खोलिएको विवरण सार्वजनिक भएका छन् । त्यसप्रति संकेत गर्दै उनले राष्ट्र बैंकका एक सञ्चालकले सूचनाहरु राष्ट्र बैंकबाट लगेर अर्थ मन्त्रालयबाट बाहिर चुहाएको बताए । उनले गभर्नर महाप्रसाद अधिकारीलाई कपोकल्पित आरोप लगाएर निलम्बन गरिएको समेत बताए । तर अदालतले न्याय दिएको उनको भनाइ छ । अर्थतन्त्रका समस्या केन्द्रीय बैंक र अर्थमन्त्रालय मिलेर समाधान गर्नुपर्ने भए पनि अनावश्यक र अवैधानिक हस्तक्षेप गर्न खोजिएको उनले बताए ।
कार्यक्रममा राष्ट्र बैंक राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष रेशम गल्छौडेले सरकरको विरोध नगरेको भनेर मान मर्दन गरिएको बताए । राष्ट्र बैंकको वाषिर्कोत्सव समारोहमा बोल्दै सर्वोच्चको आदेशपछि गभर्नर पुनर्वहाली हुनु स्वभाविक भएको भएपनि सरकारको आलोचना नगरेकै कारण एउटा समूहले अर्को समूहलाई मानमर्दन गरेको उनले बताए । राष्ट्र बैंकको नेतृत्वले कर्मचारीमध्ये कसैलाई काखा र कसैलाई पाखाको व्यवहार गरेको उनले बताए ।
COMMENTS