काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले राजीनामा दिएका छन् ।
पौडेलले बुधबार राजीनामा पत्र बुझाउँदै आफू पार्टीमा साधारण सदस्य समेत नरहने जानकारी गराएका छन् ।
पौडेल उपाध्यक्ष, आर्थिक विभाग प्रमुखको पनि जिम्मेवारीमा थिए ।
राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए। चाबहिलका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए।
अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनित गरेका थिए।
COMMENTS