काठमाडौं । नेपाली कांग्रेस दोलखाका पूर्वउपसभापति तथा वैत्यश्वर गाउँपालिकाका उपाध्यक्ष उम्मेदवार छविलाल मोक्तान नेकपा एमाले प्रवेश गरेका छन् ।
वैत्यश्वर गाउँपालिकाको कांग्रेसबाट बागी उपाध्यक्ष उम्मेदवार रहेका मोक्तानलाई पूर्वमन्त्री तथा एमाले पोलिटव्यूरो सदस्य पार्वत गुरुङले पार्टी प्रवेश गराउँदै स्वागत गरेका छन् ।
दोलखामा आयोजित एक कार्यक्रममा मोक्तानलाई खादा, माला र अविर लगाएर नेता गुरुङले स्वागत गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारी दिएका मोक्तानलाई वैत्यश्वर गाउँपालिकामा पार्टीको आधिकारिक उम्मेदवार बनाउने निर्णय पनि गरेको छ ।
यसअघि एमालेको तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिएका नविना लामाको उम्मेदवारी फिर्ता लिने र स्वतन्त्र उम्मेदवार मोक्तानलाई सघाउने निर्णय भएको एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले जानकारी दिए ।
COMMENTS