विराटनगर महानगर : किर्ते पत्रको आधारमा कार्कीको उम्मेदवारी सदर !

विराटनगर । विराटनगर महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निराला कार्कीको राजीनामा किर्ते रहेको पाइएको छ ।

कोसी अस्पताल विकास समिति सदस्यमा बहाल रहेको भनेर उजुरी परेको थियो । त्यसपछि उपप्रमुख पदकी उम्मेदवार कार्कीले ९ वैशाख ०७९ मै पदबाट राजीनामा दिएको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ११ वैशाखमा दर्ता नम्बर ७२९९ मा राजीनामा स्वीकृत गरेको किर्ते निवेदनको कागजात मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पेस गरेर उम्मेदवारी सदर गराएको खुलेको हो ।

कार्कीले पेस गरेको निवेदनको कागजातका आधारमा मुख्य निर्वाचन अधिकृत भरत लम्सालले १५ वैशाखमा निर्वाचन आयोगले गरेको निर्णयअनुसार उपप्रमुख पदकी उम्मेदवार कार्कीविरुद्ध परेको उजुरी मागदाबी नपुगेको भन्दै खारेज गरिदिएका थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार बिहीबार बेलुका ५ बजेसम्म प्राप्त कागजातले मागदाबी नपुगेकाले कार्कीको उम्मेदवारी सदरको अन्तिम टुंगो लागेको बताए । बाँकी समस्या भए अदालतले टुंगो लगाउने उनले बताए ।

तर, कार्कीले दिएको राजीनामा उक्त्त मितिमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता नभएको पाइएको छ । मन्त्रालयले उपलब्ध गराएको आधिकारिक विवरणअनुसार कार्कीको राजीनामा स्वीकृत भएको मितिमा दर्ता भएको नम्बरमा सुर्ती ऐन सम्बन्धित कागजात दर्ता भएको पाइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board