गठवन्धनसँग विजयी हासिल गर्ने इतिहास रचेका श्रेष्ठ फेरि गठवन्धनसँग भिड्दै

सिन्धुली । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाको कमलामाई नगरपालिकाको निर्वाचन रोचक बन्दै गएको छ ।

सो नगरपालिकामा नेकपा एमाले एक्लै निर्वाचनमा होमिएको छ भने पाँच दलीय गठवन्धन संयुक्त रुपमा निर्वाचनमा होमिएको छ ।

सो नगरपालिकाको निर्वाचन यस कारण रोचक बनेको छ, स्ववियुको निर्वाचन होस वा खानेपानी संस्थाको निर्वाचन होस उनी अहिले पनि एक्कल पार्टीसँग प्रतिष्पर्धा गर्न पाएनन् । २०६४–०६५ सालमा भएको स्ववियु निर्वाचनमा उनले सिन्धुली बहुमुखी क्याम्पसमा सात विद्यार्थी संगठनविरुद्ध अनेरास्ववियुका तर्फबाट एक्लै निर्वाचनमा विजयी हासिल गरेका थिए ।

उनीविरुद्ध जिल्लामा भएका अन्य विद्यार्थी संगठनहरु एकजुट भएर निर्वाचनमा होमिएका थिए भने अनेरास्ववियुले श्रेष्ठको नेतृत्वमा एक्लै निर्वाचनमा होमिएको थियो ।

सात दल समर्थित विद्यार्थी संगठनका विरुद्ध उनले विजयी हासिल गरेका थिए ।

उनको कुशल नेतृत्वको कारण संगठनले विजयी हासिल गरेपछि त्यसपछिका दिनमा जहाँ संकट पैदा हुन्छ, त्यहाँ श्रेष्ठ उमेदवार बन्ने गरेका छन् ।

जिल्ला सदरमुकामको खानेपानीको व्यवस्थापनको जिम्मेवारी पाएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनको बेलामा पनि श्रेष्ठले अन्य सात दल एकातर्फ त्यसमा पनि आफ्नै पार्टीका नेताले बागी उमेदवारी दिएको अवस्थामा पनि अध्यक्षको उमेदवार बनेर विजयी हासिल गरेका थिए ।

त्यसपछिको संस्थाको निर्वाचनमा उनीविरुद्ध अरु केही उमेदवार खडा गर्ने कुनै पनि दलले हिम्मत समेत गरेनन ।

उनै श्रेष्ठ बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा देशमा रहेका सत्ता पक्षीय पाँच दलीय गठवन्धनका साझा उमेदवारको विरुद्ध एमालेको तर्फबाट उमेदवार बन्दै चुनाबी मैदानमा होमिएका छन ।

उनका विरुद्ध देशमा दुई पार्टी नेपाली काग्रेस, माओवादी केन्द्र लगायतका दलहरु चुनावी समिकरण कायम गरी नेपाली काग्रेसका जिल्ला सभापति उपेन्द्र पोखरेल र माओवादी केन्द्रका नेता दिर्घराज श्रेष्ठको प्यानल बनाई निर्वाचनमा होमिएको छ ।

२०७४ सालमा भएको निर्वाचनमा यस नगरपालिकामा राजनीतिक दलहरुले प्राप्त गरेको मतलाई हेर्ने हो भने पनि एमालेको मत बलियो छ ।

को हुन श्रेष्ठ ?

२०३६ साल भदौ २९ गते आमा खरिदेवि श्रेष्ठ,पिता मदनदेव श्रेष्ठको कोखबाट जन्मिएका श्रेष्ठको बाल्यकाल हालको कमलामाई नगरपालिका ७ बर्देउटारमा नै वितेको हो ।

उनले प्राथमिक शिक्षा प्राथमिक विद्यालय गडौलीमा अध्ययन गरे । त्यसपछि उनले निम्नमाध्यामिक र माध्यामिक तहको शिक्षा गौमति माध्यामिक विद्यालयबाट प्राप्त गरेका हुन । त्यसपछि उनले उच्च शिक्षा भने सिन्धुली बहुमुखि क्याम्पसबाट गरेका छन । उनले स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन ।

श्रेष्ठको राजनीतिक जीवन

२०५३ सालमा प्रा.क.कमिटिको सदस्य बनेका श्रेष्ठले २०५५ सालमा नेकपा एमालेको संगठित सदस्यता प्राप्त गरेका थिए ।

यसपछिका दिनमा उनी निरन्तर राजनीतिमा सक्रियताका साथ पार्टीको महत्वपूर्ण जिम्मेवारी समेत सम्हालि सकेका छन ।

उनले २०५६ सालमा एमाले समर्थित विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला सचिव,०६४ देखि तीन कार्यकाल लगातार संगठनको जिल्ला कमिटि अध्यक्ष, तत्कालिन अवस्थामा संगठनको जनकपुर अंचल कमिटि अध्यक्ष, राष्ट्रिय प्रतिनिधी परिषद सदस्य, एमाले सिन्धुलीको तीन कार्यकाल जिल्ला कमिटि सदस्य, पार्टीको उपसचिव,कमलामाई नगरकमिटि ईन्चार्जको जिम्मेवारी कुशल्ता पूर्वक सम्हालि सकेका छन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board