बकैयामा कांग्रेस र माओवादीका कार्यकर्ताबीच कुटाकुट

हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा गठबन्धनकै कांग्रेस र माओवादीका कार्यकर्ताहरूबीच कुटाकुट भएको छ । बकैया गाउँपालिका–७ कत्लेखोलामा भएको कुटाकुट हुँदा दुई जना घाइते भएका छन् ।

चुनावको विषयलाई लिएर नेपाली कांग्रेसनिकट रामबहादुर राईले २०–२५ जना कार्यकर्ताको परिचालन गरि माओवादी केन्द्रका कत्लेखोला टोल कमिटी अध्यक्ष विष्णु राई र राप्रपा गाउँ कमिटी उपाध्यक्ष हरि राईलाईलाई कुटपिट गरेको माओवादी केन्द्र मकवानपुरकी नेतृ लक्ष्मी माझी ‘कृपा’ले आरोप लगाइन् ।

उनीहरू दाजुभाइसमेत रहेका छन् । घाइते विष्णु र हरिको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको माझीले बताइन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले उक्त झगडा घरझगडा भएको र यसलाई राजनीतिक रूपमा नलिन आग्रह गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board