धनगढी । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका रहेको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले लगातार मतान्तर बढाएका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, १८ र १९ बाट गरी जम्मा ८ हजार ७०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हमाल ३ हजार ८२९ मत ल्याउँदै अग्र स्थानमा छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नृपबहादुर वडले २ हजार ८५ मत पाएका छन् भने नेकपा (एमाले)का उम्मेदवार चन्दले ९३८ मत मात्रै पाएका छन् ।
सुरुदेखि नेतृत्व गर्दै आएका हमालले ८ हजार ७०० मत गणना हुँदासम्म दलका उम्मेदवारभन्दा १ हजार ७३८ मत बढी ल्याएर आफूलाई बलियो बनाउँदै लगेका छन् ।
अहिलेसम्म धनगढीका वडामध्ये १९ नम्बरमा मात्रै हमाल दलका उम्मेदवारभन्दा पछाडि परेका छन् । १९ नम्बर वडामा हमालभन्दा ३ मतले एमालेका रणबहादु चन्द अगाडि छन् । अन्य वडामा भने हमालकै अग्रता छ ।
धनगढी–१ मा मतगणना सकिएको छ भने अन्य वडामा जारी छ ।
COMMENTS