अर्जुनधारा एमालेका उम्मेदवार निर्वाचित

काठमाडौँ । अर्जुनधारा नगरपालिकामा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा (एमाले)का उम्मेदवार बलदेवसिंह गोम्देन तामाङ निर्वाचित भएका छन् ।

तामाङले गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी युवा नेत्री रञ्जिता कार्कीलाई पराजित गरे । नगरप्रमुखमा निर्वाचित तामाङले १९ हजार १६९ मत प्राप्त गरे भने कार्कीले १३ हजार ७४३ मत प्राप्त गरिन् ।

यता उपप्रमुख पदमासमेत एमालेबाट नै खड्गमाया पराजुली निर्वाचित भइन् । उनले १७ हजार ६३७ मत प्राप्त गरिन् । गठबन्धनका तर्फबाट उम्मेदवार नेकपा (माओवादी केन्द्र)का जितेश योञ्जनले नौ हजार ७१ मत प्राप्त गरे ।

विसं २०७४ मा भएको निर्वाचनमा समेत अर्जुनधारा नगरपालिकामा एमाले नै जित हासिल गरेको थियो ।

प्रमुख र उपप्रमुख दुवै पद जित हासिल गरेको एमालेले यो पटक पनि दुवै पद आफैँले सुरक्षित गरेको छ । ११ ओटा वडा रहेको यो नगरमा वडा नम्बर १ मा उप्रेन्द्र बस्नेत, २ मा नरेन्द्रकुमार श्रेष्ठ, ३ मा सीताराम भट्टराई, ४ मा अम्बरबहादुर कटुवाल, ५ मा गीताराज खड्का, ६ मा हरिशचन्द्र बास्तोला कांग्रेसबाट निर्वाचित भए । त्यस्तै, वडा नम्बर ७ मा एमालेका गोविन्दप्रसाद खतिवडा, ८ मा एमाले कुमारप्रसाद उप्रेती, ९ मा कांग्रेसबाट भीष्म मिश्र, १० मा एमालेका भुपेन्द्र न्यौपाने र ११ मा एमालेबाट नै खगेन्द्र इङ्नाम निर्वाचित भएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board