लन्डन । बेलायतमा आयोजना हुने एक अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सम्मेलनमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल लन्डन आइपुगेका छन् ।
१०७ देशका ११२ जना मन्त्रीहरुको सहभागिता रहने सो विश्व सम्मेलनमा सहभागी हुन् शिक्षा मन्त्री पौडेलसहितको टोली शनिबार साँझ लन्डन आइपुगेको हो ।
वर्ल्ड एजुकेसन फोरमको आयोजनामा लन्डनमा ४ दिनसम्म चल्ने सो सम्मेलनमा नेपालको प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ ।
मन्त्री पौडेलसहितको टोली लन्डनस्थित विमानस्थल उत्रिँदा बेलायतस्थित नेपाली दूतावासकी प्रवक्ता रोशन खनालले स्वागत गरेकी थिइन् ।
सो सम्मेलनमा शिक्षा मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उपसचिव घनश्याम अर्यालसमेत सहभागी हुने मन्त्रीका स्वकीय सचिव राजन पौडेलले जानकारी दिए ।
एक साता बेलायतमा रहने मन्त्री पौडेलले बेलायतस्थित नेपाली संघसंस्था तथा नेपाली समुदायसँगसमेत भेटघाट गर्ने बताएको छ ।
COMMENTS