माओवादीका निवर्तमान मेयरलाई पराजित गर्दै बरहथवामा एमालेकी कल्पना विजयी

काठमाडौं, ९ जेठ । सर्लाहीको बरहथवा नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै पदमा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन्।

प्रमुखमा कल्पना कुमारी कटुवाल र उपप्रमुखमा रामबाबु प्रसाद साह विजयी भएका हुन्। निर्वाचन आयोगका अनुसार कटुवालले १२ हजार २ सय ७३ र साहले ९ हजार ९ सय १ मत प्राप्त गरेका छन् । कटुवालले माओवादीका देवानन्द महतोलाई ५ हजार ६ सय ७ मतान्तरले पराजित गरेकी हुन्।महतोले ६ हजार ६ सय ६६ मत प्राप्त गरेका छन्। त्यस्तै, उपप्रमुखका प्रतिस्पर्धी नेपाली कांग्रेसकी गंगा दाहालले ७ हजार १ सय १९ मत प्राप्त गरेका छन्।

यो सँगै बरहथवाले पहिलो महिला प्रमुख पाएको छ। कटुवालले पराजित गरेका महतो निवर्तमान मेयर हुन्। सर्लाहीमा ०७४ मा विजयी भएका ४ वटा पालिका गुमाउँदा बरहथवामा भने निवर्तमान मेयरलाई पराजित गर्दै महिला निर्वाचित भएकी हुन्।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board