तोकेको भाडा दर नपाएको भन्दै ट्रक व्यवसायीहरु आन्दोलित

बुटवल, १७ जेठ । सरकारले तोकेको भाडा दर नपाएको भन्दै ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् ।

उनीहरुले सरकारले तोकेको भाडा दर कार्यान्वयनमा सरोकारवालालाई दबाब दिन जेठ २० गतेदेखि ढुवानी कार्य रोक्ने निर्णय गरेका हुन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइमा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा आन्दोलन भएकाे बताए । पश्चिमाञ्चल यातायात व्यवसायी समिति मातहत मात्रै २ हजार बढी ट्रक सञ्चालन रहेका छन् ।

सरकारले जेठ २ गतेदेखि लागु गरेको भाडा भैरहवादेखि काठमाडौं र पोखराका लागि ३१ हजार ५ सय ८० रुपैयाँ रहेको छ । तर उद्योगहरु र ट्रान्सपोर्ट व्यवसायीले सरकारले तोकेको भाडा दर नदिदाँ आन्दोलनमा उत्रिनुपरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

ट्रक समितिहरुले ट्रकहरुलाई एकै थलोमा पार्किङ गरेर उद्योग तथा ट्रान्सपोर्ट व्यवसायीलाई एकद्वार प्रणालीमार्फत ट्रक उपलब्ध गराउने निर्णय गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board