काठमाडौं, १७ जेठ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत भएपछि नेप्से लगातार दोस्रो दिन पनि घटेको छ ।
मंगलबार ३५।५३ अंकले घटेको बजार २१३७।९२ विन्दुमा झरेर रोकियो । सोमबार समेत बजार ५० अंकभन्दा बढीले घटेको थियो । आज म्यूचुअल फण्डबाहेक सबै उपसमूहको सेयर मूल्य घटेको छ । सबैभन्दा धेरै निर्जिवन बीमा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
२२९ कम्पनीका २७ हजार ५१९ कारोबारबाट ३७ लाख ६९ हजार ८१२ कित्ता सेयर किनबेच भएको छ । यस दिन कुल १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार ९० रुपैयाँ बराबरको कारोबार भएको छ । उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ८।२३ प्रतिशतले बढेर १४७५।८० रुपैयाँ पुग्यो । एनएमसी ५०, सामलिङ पावर, एनआईसी ग्रोथ फण्डसहितका कम्पनीको सेयर मूल्य पनि बढेको छ ।
नेपाल इन्भेस्टमेन्ट बैंकको सेयरमूल्य सबैभन्दा धेरै ९।९८ प्रतिशतले घटेको छ । एनएलजी इन्स्योरेन्सको मूल्य ६।५० प्रतिशतले घटको छ । एनआइसी एसिया बैंकको सबैभन्दा धेरै कारोबार भएको छ ।
COMMENTS