सरकारको सस्तो प्रचारमा किसान पेन्सनको घोषणा, को किसान हुन् र कसले पेन्सन पाउने भन्ने कुनै योजना छैन

काठमाडौं १८ जेठ । नेका–माओवादीसहितको ५ दलीय गठबन्धन सरकारका अर्थमन्त्री जनार्दन शर्माले वाचन गरेको बजेट वक्तव्यमा किसानलाई पेन्सन दिने सस्तो प्रचारवाजी गरिएको छ । किसानलाई पेन्सन दिने भन्ने सरकारसंग देशमा कति किसान छन् भन्ने समेत कुनै तथ्याङ्क छैन ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा पूर्व मन्त्री तथा सांसद हृदयश त्रिपाटीले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम प्रचार गरेको आरोप लगाएका छन् ।
‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ?’ उनले प्रश्न गरे, ‘यदि कृषि उपजको बीमाको कुरा भएको भए कुरा बुझिन्थ्यो, पेन्सन प्राप्त गर्ने के मोडालिटी हुन्छ ? अर्थमन्त्रालयले कसले भनेर राख्दियो ?’

नेपाली किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्ने भन्दै उनले यसै वर्ष धान खेतीमा राख्ने मल अभाव हुनेतर्फ भने सरकार सचेत नरहेको बताए । सुन्निनु र मोटाउनु फरक कुरा हो भन्दै नेता त्रिपाठीले अहिलेको बजेट सुन्निएको देखिएको बताए । ‘यो जेट धेरै ठाउँमा सुन्निएको छ, सुन्निनु रोगको लक्षण हो’ त्रिपाठीले व्यंग्य गरे ।
गठबन्धन सरकारले ल्याएको बजेटमा सबैभन्दा पहिलो दलाल तथा बद्नाम व्यापारीहरुको बर्चस्व रहेको नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले स्वागत गरेबाटै यो सरकार र बजेट किसानकोे नभएर ठूला बडा व्यापारी र विचौलियाको भएको एक अर्थशस्त्रीले बताए ।
त्यतिमात्र होइन सरकारले विद्युतीय सवारी सधानमा कर बढाएर विचौलिया गाडी दलाल व्यापारीसंग सांठगांठ गरिरहेको व्यापक भएको छ । अर्थमन्त्री शर्मा, अर्थमन्त्रालय चलाएको खुलेआम दावी गर्ने भुईंफुट्टा हतियार दलालको सेटिङमा अर्थमन्त्री जनार्दन शर्माले इलेक्ट्रिक गाडीमा भन्सार लगाएको सत्तापक्षकै सांसदहरुले बताएका छन् । स्रोतका अनुसार विशाल ग्रुप, शंकर गु्रप र पशुपति मुरारका तथा शेखर गोल्छाहरुको सांठगांठमा नै इलेक्ट्रिक गाडीको भन्सार बढाइएको हो ।
इलेक्ट्रिक गाडीको भन्सार बढाउने सेटिङ अनुसार नै बजेटभन्दा पहिले नै झण्डै १५ सय भन्दा बढी गाडी ती दलालहले भित्र्याइसकेका छन् ।
अर्थमन्त्री भएदेखि नै पोलिसी ह्याकमा संलग्न रहेका अर्थमन्त्री शर्माले देशलाई पंगु बनाउने र आफू र आफ्ना आसेपासे पोस्नेमा सत्ताको दुरुपयोग गरेको प्रतिपक्षी दलका सांसदहरुले आरोप लगाएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board