फरक क्षमता भएकालाई सामाजिक सुरक्षा भत्ता

पाल्पा । पाल्पाको बगनासकाली गाउँपालिकाले फरक क्षमता (अपांगता) भएका सबै व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने भएको छ ।

सरकारले यसअघि रातो र नीलो कार्ड भएकालाई मात्रै भत्ता उपलब्ध गराएकामा पालिकाले भने पहेँलो र सेतो कार्ड प्राप्त सबै अपांगता भएका व्यक्तिलाई भत्ता दिने निर्णय गरेको छ ।

पहेँलो कार्ड भएकालाई मासिक रु ५०० र र सेतो कार्ड भएकालाई मासिक रु ३०० का दरले अपांगता भत्ता उपलब्ध गराउने पालिकाले निर्णय गरेको छ । यस निर्णयप्रति यहाँका स्थानीय खुसी भएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक रु एक हजार रकम प्रोत्साहन दिने निर्णय भएको छ । सो कार्यक्रम आगामी साउन १ गतेबाट लागु हुने गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् ।

हिंसा पीडित महिलाका लागि लक्षित गरी परामर्श केन्द्र सञ्चालन गर्ने पालिकाले जनाएको छ । गाउँपालिकाअन्तर्गत रहेका लिफ्टिङ खानेपानी योजनामा ६० प्रतिशत विद्युत् शुल्क पालिकाले बेहोर्ने निर्णयसमेत भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board