पचरौताका प्रमुख प्रशासकीय अधिकृत यादव सम्पर्कविहीन, आवश्यक सेवा समेत बन्द

बारा, ३ साउन । बाराको पचरौता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत करिब एक महिनादेखि सम्पर्कविहीन छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव करिब एक महिनादेखि सम्पर्कविहीन भएपछि नगरपालिकाको अति आवश्यक सेवा समेत आजबाट बन्द भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक बर्ष २०७९र८० को नगरसभा समेत भएको छैन । यस्तै, करारमा नयाँ कर्मचारी पदपुर्ति तथा करार नविकरण समेत नहुँदा पचरौता नगरपालिकाको सेवा अवरुद्ध भएको हो ।

नगरपालिकामा करारका ९८ जना कर्मचारी छन् तर, प्रमुख प्रशासकीय अधिकृत नहुँदा उनीहरूको करार नबिकरण हुन नसकेको नगरप्रमुख जलन्धर सिंह जैसवारले जारी गर्नुभएको सूचनामा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत यादव विनाजानकारी सम्पर्कविहिन भएपछि स्वास्थ्यका कर्मचारीहरूको करार सेवा १ साउनदेखि थप गर्नुपर्नेमा सो समेत हुन सकेको छैन । नगरपालिकाअन्तर्गतका नगर अस्पताल, नगरले सञ्चालन गरेको बर्थिग्ङ सेन्टर र ल्याबको सम्पूर्ण सेबा बन्द भएको नगर प्रमुख जैसवालले बताए ।

’प्रमुख प्रशासकीय अधिकृत यादवको गैरजिम्मेवारीपूर्ण व्यवहारले नगरपालिकाको काम रोकिएको छ । गत ७ असारबाट सम्पर्किविहीन अधिकृत हालसम्ममा सम्पर्कमा आएका छैनन्,’ नगर प्रमुख जैसवालले भने ।

नगरभित्रका अस्पतालमा २३ जना कर्मचारी छन् तिमध्ये २२ जना करारका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board