कसिलो मौद्रिक नीति आउने अनुमान, नेप्से २७ अंकले घट्याे

काठमाडौँ, ६ साउन । आज शुक्रबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै सूचक घटेका छन् । नेप्से २७.२६ अंक घटेको छ ।

सो अंकको गिरावटपछि २०१७ अंकमा झरेको छ । कसिलो मौद्रिक नीति आउने अनुमानका बीच सेयर बजारमा यसले नकारात्मक प्रभाव पारेको हो । ४ बजे मौद्रिक नीति सार्वजनिक हुँदैछ । शुक्रबार २ घण्टा खुलेको बजारमा १ अर्ब ४४ करोडको सेयर किनबेच भएको छ ।

बैंकिङ १५, विकास बैंक ७१, फाइनान्स २७, होटल तथा पर्यटन ५८, जलविद्युत् ३५, जीवन बीमा १०९, उत्पादन ११२, माइक्रोफाइनान्स ४८, निर्जीवन बीमा ३२, अन्य ३२ र ब्यापार उपसमूह सूचक ५० अंक घटे । कुल १४ कम्पनीको मूल्य बढ्दा १६४ को घट्यो भने १ को स्थिर रह्यो । किसान लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.४, गणपति लघुवित्तका ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, गोर्खा फाइनान्स, पुनर्बीमा कम्पनी, अरुणकाबेली पावर क्रमशः अगाडि रहे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board