पार्टीमा मात्तिएको भिडिओ भाइरल भएपछि फिनल्यान्डकी प्रधानमन्त्रीले गराइन् ‘ड्रग्स टेस्ट’

काठमाडौँ । पार्टीमा मात्तिएको भिडिओ भाइरल भएपछि फिनल्यान्डकी प्रधानमन्त्री सन्ना मरिनले लागु औषध परीक्षण गराएको बताएकी छन् ।

३६ वर्षीया मरिनले केही राजनीतिकर्मी तथा सेलिब्रेटीका साथ पार्टी गरिरहेको भिडिओ सार्वजनिक भएपछि चर्को आलोचना भएको थियो ।

शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले लागु औषध परीक्षण गरिएको र त्यसको नतिजा अर्को साता आउने बताइन् । उनले लागु औषध नलिएको दाबी पनि गरिन् ।

“मैले गैरकानुनी काम केही पनि गरेकी छैन,” पत्रकार सम्मेलनमा उनले भनिन्, “किशोरावस्थामा पनि मैले कुनै किसिमको लागु औषध लिइनँ ।”

उनले यसअघि मदिरा पिएको र पार्टी गरेको स्वीकारिसकेकी छन् । भिडिओ खिचेको आफूलाई जानकारी भए पनि सो फुटेज सार्वजनिक हुँदा आफू दुःखी भएको उनको भनाइ छ ।

मरिन यसअघि विश्वकै कान्छी सरकार प्रमुख थिइन् । त्यो उपाधि अहिले चिलीकी राष्ट्रपति ग्याब्रिएल बोरिचको नाममा छ ।

गतसाता मात्रै जर्मनी बिट पत्रिकाले ‘सबैभन्दा बढी रूचाइएको प्रधानमन्त्री’ उपाधि दिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board