झापा, १३ भदौ । सामाजिक सञ्जालमा मेयर र उपमेयर हराएको भन्दै फेसबुकमा पोष्ट गर्ने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीका अनुसार विर्तामोड नगरपालिका–४ का २२ वर्षीय राजु बिमलीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले आइतबार नियन्त्रणमा लिएको हो । उनले विर्तामोडका मेयर तथा उपमेयर हराएको भन्दै फेसबुकमा लेखेको प्रहरीको भनाइ छ ।
घरबाटै नियन्त्रणमा लिइएका बिमलीलाई आवश्यक कारबाही गर्ने भन्दै थुनामा राखिएको छ ।
शनिबार राति मेयर पवित्रा महतारा र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको तस्बिर राखेर मेयर उपमेयर हराएको भन्दै बिमलीले फेसबुकमा सूचना पोष्ट गरेका थिए ।
COMMENTS