फनपार्कलाई महानगरले दिएको समय सकिँदै

काठमाडौँ, १६ भदौ । काठमाडौँ महानगरपालिकाले कर तिर्नका लागि काठमाडौँ फनपार्कलाई दिएको समय आज सकिँदै छ ।

महानगरपालिकाको तर्फबाट बुधबार राजस्व विभाग प्रमुख शिवराज अधिकारीले २४ घन्टाभित्र सम्पूर्ण कर वक्यौता र जरिबाना तिर्न काठमाडौँ फनपार्कलाई पत्र पठाएका थिए ।

काठमाडौँ फनपार्कले वर्षौँदेखि व्यवसाय कर, बाहल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाइ व्यवसाय सञ्चालन गरेको भन्दै महानगरले पत्र पठाउको थियो ।

पत्रमा भनिएको छ, ‘पटकपटक ताकेता गर्दा पनि कर नबुझाइएकाले २४ घन्टाभित्र व्यवसाय कर र बहाल कर सम्बन्धित वडा कार्यालयमा र विज्ञापन र मनोरञ्जन कर महानगरपालिकाको राजस्व विभागमा बुझाउन अनुरोध छ ।’

तोकिएको समयभित्र सम्पूर्ण कर नबुझाएमा फनपार्क सिलबन्दी गरी तिर्नुपर्ने राजस्व सरकारी बाँकी सरह असुलउपर गरिने महानगरले चेतावनी दिएको छ ।

पछिल्लो समय काठमाडौँ महानगले उपत्यकामा अनुमति बिना बनेका संरचना हटाउने, ट्राफिक व्यवस्थापनलगायतका काममा सक्रियता देखाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board