किभ, २१ भदौ । बेलायतमा कन्जर्भेटिभकी नयाँ नेतृ लिज ट्रसले युक्रेनमाथिको जारी रुसी हमलालाई विफल पार्न किभलाई सहयोग गर्ने विश्वास गरेका छन् ।
हप्तौसम्म विभिन्न चरणको निर्वाचनपछि ट्रस सोमबार कन्जर्भेटिभ नेतृमा विजयी भएकी थिइन् । उनी आज बेलायतको प्रधानमन्त्री हुँदै छिन् ।
जेलेन्स्कीले आफ्नो दैनिक सम्बोधनमा आफू ट्रससँग सहयोगको सुरुवातको लागि तत्पर रहेको बताए । ‘ हामी सँगसँगै हाम्रा नागरिकको रक्षा गर्न र सबै रुसी विनाशकारी प्रयासलाई विफल पार्न सक्षम हुनेछौं’, जेलेन्स्कीले भने।
‘युक्रेनमा हामी उहाँलाई राम्ररी चिन्छौं । उनी सधैँ युरोपेली राजनीतिको उज्यालो पक्षमा छिन’, राष्ट्रपति जेलेन्स्कीले भने, ‘मुख्य कुरा भनेको हाम्रो एकता जोगाउनु हो ।’ २४ फेब्रुअरीमा रुसी हमलापछि बेलायत युक्रेनप्रति समर्थन जनाउँदै रुसको आलोचना गर्दै आएको छ ।
COMMENTS