बाघको आक्रमणबाट मृत्यु

चितवन, २६ भदौ । भैँसी चराउन गएका माडी नगरपालिका–२ ढिकुनका ६८ वर्षीय सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको छ । शनिबार स्थानीय मध्यवर्ती सामूदायिक वन अमलियामा भैँसी चराउन गई घर फर्किएका अधिकारीलाई बाटोमा बाघले आक्रमण गरेको हो ।

प्रहरीले आइतबार बिहान साढे ८ बजे बाघले खाएको जस्तो अवस्थामा अधिकारीको शवलाई जंगलमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

शनिबार करिब १ बजेको समयमा सूर्यनाथ अधिकारी र उनको छोरा २५ वर्षीय होमबहादुर अधिकारी दुवै जना जंगलमा भैँसी चराउन गएका थिए । छोराले आफूले भैँसी चराएर आउने भनी बुबालाई घर पठाएका थिए । त्यसपछि घर फर्किएका सूर्यनाथ बाटोबाटै बेपत्ता भएका थिए ।

छोरा होमबहादुर साँझ भैँसी चराएर घर पुग्दा पनि बुबा सूर्यनाथ घर नपुगेपछि परिवारले उनको खोजी गरेको थियो । खोजी गर्ने क्रममा सूर्यनाथले लगाएको टोपी, चप्पल र उनले बोकेको छाता जंगलमा फेला परेको र बाटोमा रगतको टाटोसमेत देखिएपछि परिवारले सूर्यनाथलाई जंगली जनावरले लगेको हुन सक्ने भनी आज बिहान करिब साढे ७ बजे प्रहरीलाई खबर गरेका थिए । जानकारी आउनसाथ सूर्यनाथको खोजीको खटिएको टोलीले एक घण्टामा उनको शव फेला पारेको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board