काठमाडौं, ३० भदौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले वागमती नदी किनारका अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताए ।
आज काठमाडौंमा आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले अव्यवस्थित बस्तीहरुको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको बताए । नेता सिंहले काठमाडौं जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने बताए ।
उनले वागमती नदीको किनारका बस्तीहरुको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गर्ने गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । उनले तत्कालीन नेकपाको सरकारले संघीय कानून समयमा नबनाइदिएको कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको बताए ।
उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसदलाई दुई पटक भंग गरेको कारणले संविधानलाई जोगाउनको लागि गठबन्धनको सरकार बनेको दाबी समेत गरे । उनले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको भन्दै आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरुले विकास गर्ने पार्टी र नेताहरुलाई मतदान गरेर जिताउनुपर्ने बताए ।
कार्यक्रममा सरोकारवाला निकायहरु र आम सर्वसाधारणहरुले खानेपानी सम्बन्धी समस्याको उचित व्यवस्थापन गर्न माग गरे । उनीहरुले ढल व्यवस्थापन र फोहोरको व्यवस्थापन राम्रोसँग हुन नसकेको भन्दै आक्रोश व्यक्त गरे ।
COMMENTS