मोरङ २ मा मिनेन्द्र पन्छाएर गिरिजापुत्री सुजाता कोइराला उमेद्वार

विराटनगर २३ असोज । मोरङको क्षेत्र नम्बर २ मा सुजता कोइरालाले टिकट पाएकी छन् । अघिल्लो पटक सोही क्षेत्रबाट निर्वाचित डा. मिनेन्द्र रिजाल दोस्रो पटकका लागि आकांक्षी थिए । तर उनलाई पन्छाउँदै स्वर्गीय गिरिजाप्रसाद कोइराला पुत्री सुजताले टिकट पाएकी हुन्। रिजालले आफुले टिकट नपाउनुमा सभापति देउवाको बक्र दृष्टि रहेको टिप्पणी गरेका छन् ।

मोरङमा सत्ता गठबन्धनभित्र नेपाली कांग्रेसको भागमा क्षेत्र नम्बर १, २, ३ र ६ गरी चार वटा संघीय निर्वाचन क्षेत्र परेको छ । जसमध्ये दोहोरिएर टिकट पाउने लाइनमा रहेका रिजालमात्रै ुरिङ आउटु भएका हुन् ।

अब कोइराला र एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलबीच मोरङ २ मा प्रतिष्पर्धा हुने भएको छ । क्षेत्र नम्बर १ मा कांग्रेस मोरङका सभापति समेत रहेका पुरानै प्रतिस्पर्धी डिक बहादुर लिम्बु एमालेका घनश्याम खतिवडासँग भिड्दैछन् ।

लिम्बुले दोस्रो संविधानसभामा खतिवडालाई पराजित गरेका थिए । २०७४ मा फेरि खतिवडासँगै उनी पराजित भए । क्षेत्र नम्बर १ मा उनीहरूबीच तेस्रो भिडन्त रोचक हुनेछ । क्षेत्र नम्बर ३ मा मेडिकल व्यवसायी सुनिल शर्मा नै गठबन्धनबाट उम्मेदवार बनेका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका शर्मा र एमाले स्थायी कमिटी सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री भानुभक्त ढकालबीच दोस्रो पटक प्रतिष्पर्धा हुने निश्चित भएको छ । शर्मा अघिल्लो निर्वाचनमा ढकालसँगै पराजित भएका थिए ।

क्षेत्र नम्बर ६ मा पनि पुरानै प्रतिद्वन्द्वीबीचको प्रतिस्पर्धा हुँदैछ । कांग्रेस नेता डा।शेखर कोइराला सत्ता गठबन्धनबाट चुनाव लड्दै छन् ।

कोइरालालाई अघिल्लो निर्वाचनमा पराजित गरेका एमाले स्थायी कमिटी सदस्य एवं पूर्व सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित दोस्रो कार्यकाललाई जितको खोजीमा उत्रिएका हुन् ।

मोरङ ४ मा भने अघिल्लो पटक बाम गठबन्धनमा जितेका माओवादीका अमनलाल मोदी र नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकालबीच प्रतिष्पर्धा हुने भएको छ ।

त्यस्तै माओवादी केन्द्रकै भागमा परेको मोरङ–५ मा शिवकुमार मण्डल र एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका राजकुमार यादवबीच चुनावी भिडन्त हुँदैछ । माओवादीका मण्डल यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका भएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board