सिन्धुली गढीमा ‘वंशु गुरुङ’ लोकार्पण

सिन्धुली । शिकारी सरदार वंशु गुरुङ स्मृति प्रतिष्ठान, ढोर जस्पुर तनहुँले प्रकाशन गरेको स्मारिका ‘वंशु गुरुङ’ ऐतिहासिक सिन्धुलीगढीमा विमोचन गरिएको छ ।

२५५औं सिन्धुली गढी विजयोत्सवको अवसरमा सिन्धुली गढीमा आयोजित समारोहमा कमलामाई नगरपालिकाका प्रमुख उज्वल पोखरेलले सो स्मारिका लोकार्पण गरेका हुन् ।

कार्यक्रममा उपप्रमुख मञ्जु देवकोटा, गढी र इतिहाससम्वन्धी खोज अनुसन्धान गर्दै आएका नेपाली सेनाका पूर्वसहायकरथी डा. प्रेम बस्न्यात, साहित्यकार सुमल कुमार गुरुङ, अभियन्ता अमर लेम, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कृष्णहरि घिमिरे लगायतले सो कार्यक्रममा सामूहिक रुपमा स्मारिका विमोचन गरेका थिए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष क्या. लालजंग गुरुङ लगायत प्रतिष्ठानका पदाधिकारीको सामूहिक उपपिस्थति रहेको थियो ।

प्रतिष्ठानले प्रकाशन गरेको स्मारिकाले वंशु गुरुङ लगायत सिन्धुली गढी युद्धका वीर योद्धाहरुको गरिमालाई उच्च बनाउन सघाउ पुर्याउने विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो ।

प्रतिष्ठानले पहिलोपटक प्रकाशन गरेको सो स्मारिकामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ लगायतले शुभकामना दिएका छन् ।

स्मारिकामा गण्डकी प्रदेशका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, कमलामाई नगरपाकिाका पहिलो अध्यक्ष खड्ग खत्री, डा. प्रेम बस्न्यात, सुमल कुमार गुरुङ, राजकुमार दिक्पाल लगायत लेखक तथा पत्रकारले स्मारिकामा इतिहास र वंशुका योगदानबारे लेखेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board