मोरङ, ४ मंसिर । मोरङको बुढीगंगामा मतदान केन्द्रमा बिस्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा बिस्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो ।
मतदान स्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै बिस्फोटपछि मतदादाताको भागदौड मच्चिएका थियो ।
भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।
COMMENTS