भैरहवा, ४ मंसिर । रुपन्देहीको सिद्धार्थनगर–११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका–११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा स्थानीयबीच विवाद सिर्जना भएको थियो ।
सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो ।
कुटपिटबाट टाउको चोट लागेका तबरेजको भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेको छ ।
विवादको कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेको थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएको थियो ।
COMMENTS