बाजुरामा मतपेटिकामा आगजनी

धनगढी, ४ मंसिर । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ मा मतपेटिकामा आगो लगाइएको छ ।

स्वामिकार्तिक खापर गाउँपालिका–१ स्थित भगवति माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए ।

उनले आगजनीको कारण भने नखेलेको बताए । ‘आगजनी कस्ले र किन गर्‍यो भन्ने खुलेको छैन,’ रावलले भने, ‘यसबारेमा छनविन भइरहेको छ ।’ सो मत पेटिकामा ९५० मत खसेका थिए ।

मतपेटिकामा आगजनी भएपछि सो मतदान केन्द्रको मतदान कार्य स्थगित भएको एसएसपी रावलले बताए । 

त्यसैगरी बाजुराको बुढीगंगा नगरपालिका–५ मा पनि कांग्रेस र एमालेका कार्यकर्ताबीच भएको विवादका कारण मतदान स्थगित भएको छ । सो स्थानमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा केही मानिस घाइतेसमेत भएका छन् ।

बाजुराका अन्य स्थानमा भने मतदान भइरहेको एसएपी रावलले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवराज अवस्थीका अनुसार जिल्लाको खप्तड छेडेदह–१, त्रिवेणी–७ तथा स्वामिकात्तिक खाँपर ३ र ४ मा पुनः मतदान सुरु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board