पोखरा, ५ मंसिर । कास्की निर्वाचन क्षेत्र नम्बर दुईको मतगणना सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा ५४१ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार माधवप्रसाद कडेलले अग्रता लिएका छन् । उनले १६२ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा (एमाले)की विद्या भट्टराईले १२२ मत, नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले ११० मत र राष्टिय प्रजातन्त्र पार्टीका सुर्वणराज पन्तले ८५ मत प्राप्त गरेका छन् । अहिले कोलपाटन केन्द्रको ५४१ मतको गणना भैरहेको छ ।
त्यसैगरी, कास्की २ क मा प्रदेशसभा सदस्यका लागि हलोले अग्रता लिएको छ । राष्टिय प्रजातन्त्र पार्टीका उमेदवार विजयबाबु भण्डारीले अग्रता लिएका छन् । ५४१ मत गणना हुदाँ १९९ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेकपा (एमाले)का भिम कार्कीले १४५, नेकपा (माओवादी केन्द्र)का विश्वप्रकाश लामिछानेले १०५ मत, हाम्रो नेपाली पार्टीका चेतबहादुर महतले ५५ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ४९ हजार ५९६ मत खसेको थियो ।
कास्की क्षेत्र नम्बर १ र ३ को मतगणना सोमबार बिहान सर्वदलीय बैठकपछि मतगणना सुरु हुने प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।
COMMENTS