बुटवल, ५ मंसिर । गुल्मी क्षेत्र नम्बर २ मा पनि मतगणनाको तयारी थालिएको छ । मतगणनाका लागि अहिले ११ बजे सर्वदलीय बैठक बोलाइएको छ ।
सबै क्षेत्रबाट मतपेटिका संकलन भैसकेकाले ११ बजेसम्म सर्वदलीय बैठक बस्ने भएको हो । निर्वाचन अधिकृत शिवबहादुर थापाले ११ बजे सर्वदलीय बैठकबसी मतगणना सुरु हुने बताएका छन् ।
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र गठबन्धनबाट एकिकृत समाजवादीकी राम कुमारी झांक्रीबीच प्रतिस्पर्धा हुँदै छ।
COMMENTS