काठमाडौँ, ५ मंसिर । काठमाडौँ–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन् ।
अपरान्ह ४ः१५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २ हजार ४१७ मतसहित सिंहलाई उछिनेका हुन् ।
कांग्रेसका सिंहले २ हजार ३०२ मत ल्याएका छन् भने तेस्रो एमालेका किरण पौडेलले १ हजार ४४० मत प्राप्त गरेका छन् ।
उता रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १ हजार ३६५ मत प्राप्त गरेका छन् ।
COMMENTS