काठमाडौँ, १९ मंसिर । राजीव गुरुङ (दीपक मनाङे) नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।
गण्डकी प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित भएका मनाङेले एक विज्ञप्ति जारी गर्दै एकीकृत समाजवादीमा प्रवेश गरेको जनाएका हुन् । आफ्नो विचार र सिद्धान्त मिल्ने भएकाले एकीकृत समाजवादीलाई रोजेको उनले बताएका छन् ।
पूर्वप्रदेश मन्त्री मनाङेले मनाङ–१ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । अर्का उम्मेदवार दोर्जे लामा गुरुङले नाम फिर्ता लिएपछि मनाङे निर्विरोध निर्वाचित भएका थिए ।
नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका कुनै पनि दलले मनाङेविरुद्ध उम्मेदवारी दिएका थिएनन् ।
COMMENTS