भैरहवा, २२ मंसिर । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा उम्मेदवार बनेका १५६ जनाको जमानत जफत भएको छ । २०३ जना उम्मेदवार रहेको मंसिर ४ को निर्वाचनमा खसेको सदर मतको दश प्रतिशतभन्दा कम मत ल्याएका प्रदेशसभातर्फ ८३ जनाको र प्रतिनिधिसभातर्फ ७३ जना उम्मेदवारको जमानत जफत भएको हो ।
उम्मेदवारी दर्ता गराएर पनि ९ जनाले उम्मेदवारी फिर्ता लिएको र ३ जनाको उम्मेदवारी खारेजी भएपछि रुपन्देहीमा १५ पदका लागि २०३ जनाको नाम उम्मेदवारको अन्तिम नामावलीमा प्रकाशन भएको थियो । विभिन्न दलका तर्फबाट र स्वतन्त्र गरी प्रतिनिधिसभाका लागि ८८ जनाले उम्मेदवारी दिएका थिए भने ११४ जनाले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए । भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या भण्डारीले बताए ।
रुपन्देहीको क्षेत्र नम्बर १ मा १७, क्षेत्र नम्बर २ मा १२, क्षेत्र नम्बर ३ मा २०, क्षेत्र नम्बर ४ मा १० र क्षेत्र नम्बर ५ मा १४ जना उम्मेदवारको जमानत जफत भएको छ । त्यस्तै प्रदेश सभा १ तर्फ क्षेत्र नम्बर १ मा ८, क्षेत्र नम्बर २ मा ९, क्षेत्र नम्बर ३ मा ८ क्षेत्र नम्बर ४ मा ३ र क्षेत्र नम्बर ५ मा १० जनाको जमानत जफत भएको छ भने । प्रदेश सभा २ क्षेत्र तर्फ क्षेत्र नम्बर १ मा ११, क्षेत्र नम्बर २ मा ७, क्षेत्र नम्बर ३ मा ८, क्षेत्र नम्बर ४ मा ८ र क्षेत्र नम्बर ५ मा ११ जना गरी प्रदेश सभा तर्फ कुल ८३ जना उम्मेदवारको जमानत जफत भएको निर्वाचनले जानकारी दिएको छ ।
५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा मंसिर ३ गतेसम्म १८ वर्ष पूरा भई मताधिकार भएका ६ लाख ३८ हजार ९५२ मतदाता रहेकोमा ६७.८५ प्रतिशत मतदान भएको थियो । मतदानमध्ये प्रदेशसभातर्फ ४ लाख ९ हजार ४९३ वटा सदर मत खसेको थियो भने प्रतिनिधिसभातर्फ ४ लाख ७ हजार ४५३ वटा सदर मत खसेको थियो ।
निर्वाचनमा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेको हकमा जमानत जफत हुने गरेको छ । प्रतिस्पर्धी उम्मेदवारमध्ये रुपन्देहीबाट ४७ जनाले मात्र जमानत जोगाउन सफल भएका छन् । प्रतिनिधिसभा सदस्यको उम्मेदवारले जनही १० हजार र प्रदेशसभा सदस्यको उम्मेदवारले जनही पाँच हजार जमानत (धरौटी) राख्नुपर्ने व्यवस्था छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७४ को दफा १५९ अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबमोजिमको निर्वाचनमा खसेको जम्मा सदरमतको दश प्रतिशत भन्दा कम सदर मत पाउने उम्मेदवारले दफा २२ बमोजिम प्रतिनिधिसभा सदस्यलाई १० हजार तथा प्रदेशसभा सदस्य उम्मेदवारलाई ५ हजार रुपैयाँ धरौटी दाखिला गरेको रकमको धरौटी जफत हुने व्यवस्था छ ।
रूपन्जदेहीबाट मानत जोगाउन सफल प्रतिनिधिसभातर्फका उम्मेदवार
निर्वाचन क्षेत्र १ः छविलाल विश्वकर्मा (एमाले), धनीराम चौधरी (नागरिक उन्मुक्ति), नरेन्द्र बहादुर पछाई (राष्ट्रिय स्वतन्त्र), घनश्याम भुसाल (स्वतन्त्र)
निर्वाचन क्षेत्र २ः विष्णुप्रसाद पौडेल (एमाले), केशबबहादुर थापा मगर (राष्ट्रिय जनमुक्ति), गणेश पौडेल (राष्ट्रिय स्वतन्त्र)
निर्वाचन क्षेत्र ३ः बालकृष्ण खाण (कांग्रेस), दीपक बोहरा (राप्रपा),
निर्वाचन क्षेत्र ४ः प्रमोद कुमार यादव (कांग्रेस), सवेन्द्रनाथ शुक्ला (लोसपा), भोपेन्द्र प्रसाद यादव (जनमत)
निर्वाचन क्षेत्र ५ः बासुदेव घिमिरे (एमाले), भरतकुमार शाह (कांग्रेस), चन्द्रशेखर सोनार (जनमत)
COMMENTS