जेसिबी दुर्घटनामा बेपत्ता भएका दुई जनाको शव फेला

काठमाडौं, २७ मंसिर ।  कालीकोट सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदीमा २४ मंसिरमा फुकोट जलविद्युत आयोजनाको जेसिबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जनामध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । 

बेपत्ता भएकामध्ये सोही गाउँपालिका–१ बस्ने २० वर्षीय उमेश गिरीको शव २६ मंसिर र कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २३ वर्षीय जेसिबीका चालक मंगल चुडारीको शव २७ मंसिरमा फेला परेकोे हो । 

सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीहरूसँगै दुर्घटनामा हराइरहेका सोही गाउँपालिकाका १९ वर्षीय रक्तिम सार्कीकोे खोजी भइरहेको छ । 

२४ मंसिरमा सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश ३–०१–००३क ६७७४ नम्बरको जेसिबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो ।  दुर्घटना हुँदा जेसिबीमा रहेका आठ जनामध्ये दुई जनाको घटनास्थलमै मृत्यु, तीन जना घाईते र तीन जना बेपत्ता भएका थिए । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board